महाराष्ट्रमा पुल बनाउने मेसिन खस्दा १६ जनाको मृत्यु

नेपालभ्युज

महाराष्ट्रमा पुल बनाउने मेसिन खस्दा १६ जनाको मृत्यु

एजेन्सी । भारत महाराष्ट्रको ठाणेमा मंगलबार भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले यी मृत्युको पुष्टि गरेका छन्। ठाणेको शाहपुरमा पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यमा लन्चिङ मेसिन प्रयोग भइरहेको थियो । एनडीआरएफको टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी छ।

दुर्घटनामा तीन जना घाइते पनि भएको एएनआईले लेखेको छ ।  केही व्यक्तिको शव अझै मेसिनमुनि पुरिएको हुन सक्ने आशंका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved