एजेन्सी। भारतको हरियाणामा दुई समूहबीच साम्प्रदायिक हिंसा फैलिएको छ ।
मेवातमा सोमबार साम्प्रदायिक हिंसापछि गुरुग्रामको सेक्टर ५७ मा रहेको मस्जिदमा आगजनी भएको खबर छ । मस्जिद व्यवस्थापन समितिका अध्यक्षले बीबीसीलाई भने, ‘हिंसाको यस घटनामा मस्जिदका इमामको मृत्यु भएको छ र उपस्थित अन्य दुई जना घाइते भएका छन्।’
“इमाम सादका भाइ सादाब अनवरले बीबीसीलाई भने, “मैले मेरो भाइको अनुहार मात्र देख्न पाएको छु। हामी अहिले शवगृहमा छौं। अब एफआईआर दर्ता गर्नेछौं। मेरो भाइ विगत सात महिनादेखि यस मस्जिदको इमाम थिए। मेरो भाइको उमेर मात्र २२ वर्ष थियो ।’
उनी भन्छन्, “हामी मूल रूपमा बिहारका हौं। आज मेरो भाइ घर फर्किनु थियो। टिकट थियो। मैले फोन गरेर अहिले वातावरण ठीक छैन भनी बुझाएँ। अवस्था सामान्य नभएसम्म मस्जिदबाट बाहिर ननिस्कनुहोस्।” मैले उसलाई भनेको अन्तिम कुरा हो।”
यसअघि सन् २००२ मा, हरियाणा सरकारले १७ मन्दिर, २ गुरुद्वारा, एक चर्च र एक मस्जिद निर्माण गर्न गुरुग्राममा जग्गा छुट्याएको थियो। यो मस्जिद सोही जमिनमा बनेको छ र नयाँ गुरुग्रामको एक मात्र मस्जिद हो।
नजिकै बसोबास गर्ने मुस्लिमहरू यहाँ नमाज पढ्न आउँछन्। तर गएराति यसै मस्जिदमा आगजनी भएको छ ।
विश्व हिन्दू परिषद र बजरंग दलले सोमबार मेवातमा धार्मिक यात्रा निकालेका छन् । यो यात्राका क्रममा दुई समूहबीच झडप भएको थियो, त्यसपछि धेरै ठाउँबाट हिंसाको खबर आएको छ ।
Facebook Comment
Comment