भ्रष्टाचार नियन्त्रणमा सरकारलाई रास्वपाबाट प्रेरणा मिल्यो- रवि लामिछाने

नेपालभ्युज

भ्रष्टाचार नियन्त्रणमा सरकारलाई रास्वपाबाट प्रेरणा मिल्यो- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई आफ्नो पार्टीबाट प्रेरणा मिलेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वापाको भ्रष्टाचारविरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका हुन् ।

उनले रास्वपाको उपस्थितिले अन्य दललाई थप सक्रिय बनाएको दाबीसमेत गरे । अगामी चुनावलाई लक्षित गर्दै रास्वपा अघि बढिरहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूहरु प्रतिवद्ध रहेको पनि बताए ।

लामिछानेले विदेशमा भएकाहरुलाई पनि अहिलेदेखि नै २०८४ को निर्वाचनमा भोट हाल्न आउन आफ्नो काम गर्ने ठाउँमा अहिलेदेखि नै बिदा भनिराख्न आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved