तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिस छिट्टै गर्ने सहमति

आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ।

नेपालभ्युज

तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिस छिट्टै गर्ने सहमति

काठमाडौं। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ।

पदावधि सकिनु चार दिन मात्रै बाँकी रहँदा नेताहरू नयाँ प्रधानन्यायाधीशको विषयमा छलफलमा जुटेका हुन्।

यद्यपि प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन।

यसअघि भने लामो समयदेखि रिक्त अवस्थामा हरिकृष्ण कार्कीलाई सिफारिस गरिएको थियो। तीन नेताबीच छलफलका क्रममा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमति भएको छ। साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved