थाइल्यान्डको एक बारुद गोदाममा विस्फोट, १० जनाको मृत्यु

नेपालभ्युज

थाइल्यान्डको एक बारुद गोदाममा विस्फोट, १० जनाको मृत्यु

बैंकक। दक्षिणी थाइल्यान्डमा अनुमति नलिई सञ्चालन गरिएको बारुद गोदाममा भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् । अनुमति बिना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ ।

शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदामनजिक वेल्डिङ गर्दा झिल्का लागेर विस्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“हामीले १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौँ जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डीएनए परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ,” नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन् ।

नरथिवाटका प्रहरी कमान्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विस्फोट हुनुभन्दा केही समयअघि वारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन् । गोदामको एक हजार किलो बारुद विस्फोट भएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved