२६.१४ अंकले घट्यो नेप्से परिसूचक

नेपालभ्युज

२६.१४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आइतबार पनि घटेको छ । मौद्रिक नीतिपछि लगातार ओरालो लागिरहेको नेप्से सूचक आइतबार २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा ओर्लिएको हो ।

आज ‘क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.१७ अंकले घट्दै ३९९.६६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । २६ अंकमाथिले नेप्से सूचक घटेको यस दिन २ अर्ब ५० करोड रुपैयाँ बराबरको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ ।

यसदिन म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

फाइनान्स समूहको उपसूचक २.३२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.०८ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.०७ प्रतिशतले घटेको छ । अन्य समूहहरूको उपसूचक २ प्रतिशत भन्दा कमले घटेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved