भारतले एकैसाथ गर्‍यो ७ वटा स्याटेलाइट प्रक्षेपण

नेपालभ्युज

भारतले एकैसाथ गर्‍यो ७ वटा स्याटेलाइट प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आइतबार एकैसाथ ७ वटा स्याटेलाइट प्रक्षेपण गरेको छ।

पीएसएलभी-सी ५६ले सिंगापुरको डीएस एसएआर स्याटेलाइटसहित अन्य छ वटा स्याटेलाइटलाई श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज प्रक्षेपण भएको हो ।

अन्तरिक्ष एजेन्सीका अनुसार डीएसएआर उपग्रह डीएसटीए (सिङ्गापुर सरकारको प्रतिनिधित्व) र एसटी इन्जिनियरिङ बीचको साझेदारीमा विकसित गरिएको हो।

एक पटक स्याटेलाइट सञ्चालनमा आएपछि, यसलाई सिंगापुर सरकारका विभिन्न एजेन्सीहरूले उनीहरूको स्याटेलाइट इमेजिङ आवश्यकताहरू पूरा गर्न प्रयोग गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved