कोरियामा पानी जहाज निर्माणको लागि नेपाली कामदारको आवेदन खुल्यो

नेपालभ्युज

कोरियामा पानी जहाज निर्माणको लागि नेपाली कामदारको आवेदन खुल्यो

काठमाडौं ।  दक्षिण कोरियामा पानी जहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा कामको लागि भाषा परीक्षाको आवेदन फारम खुलेको छ ।

ईपीएस भाषा परीक्षा पास गरेका र सीप परीक्षा पास गर्ने नागरिकले प्रतिस्पर्धाको आधारमा भिसा पाउनेछन् ।

इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने र भाषा परीक्षा असोज १ गतेदेखि हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

सिप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनोटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ ।  भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सय जनाको अन्तिम नतिजा प्रकाशन हुनेछ ।

तर कामदारको मागअनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप परीक्षणमा सहभागी भइ  उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फारम भर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved