नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गछौँः रवि लामिछाने

नेपालभ्युज

नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गछौँः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिसन २०८४ को तयारीमा लागिसकेकोले अभियान सफल हुने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार बनाएर चुनाव जिताउने बताए।

पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए।

उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे। उनले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved