दुई गोलले पछि परेको अर्जेन्टिनाको उत्कृष्ट ‘कमब्याक’, दक्षिण अफ्रिकासँग बराबरी खेल्यो

नेपालभ्युज

दुई गोलले पछि परेको अर्जेन्टिनाको उत्कृष्ट ‘कमब्याक’, दक्षिण अफ्रिकासँग बराबरी खेल्यो

एजेन्सी। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।

न्युजिल्याण्डको फोर्थस बार स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट कमब्याक गर्दै २-२ को बराबरी खेलेको हो ।

दुई गोलको अग्रता जोगाउन नसक्दा दक्षिण अफ्रिका अंक बाड्न बाध्य भयो । लिन्डा मोट्लाहोले ३० औं मिनेटमा र थेम्बी क्जाट्लानाले ६६ मिनेटमा गोल गरेर दक्षिण अफ्रिकालाई २ गोलको अग्रतामा पुर्‍याएका थिए ।

तर अर्जेन्टिनाका  सोफिया ब्राउनले ७४ मिनेटमा र ७९ मिनेटमा रोमिया नुनेजले गोल गरेर खेल बराबरीमा ल्याए ।

समूह जीमा दुई खेलबाट समान १/१ अंक भएका दक्षिण अफ्रिका तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् ।

महिला विश्वकपमा आजै दिउँसो सवा २ बजे इंल्याण्ड र डेनमार्क तथा पौने ५ बजे चीन र हैटीले खेल्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved