भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायो

नेपालभ्युज

भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हरायो

एजेन्सी । वेस्ट इन्डिजसँगको पहिलो एकदिवसीय क्रकेटमा भारत विजयी भएको छ ।

बार्बाडोसको किंग्सटनमा भएको खेलमा भारत ५ विकेटले विजयी भएको हो । वेस्ट इन्डिजले दिएको १ सय १५ रनको सामान्य लक्ष्य भारतले २२ ओभर ५ बलमै ५ विकेट गुमाएर भेटायो ।

भारतका लागि ईशान किशानले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका गुदकेश मोतीले २ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज २३ ओभरमा १ सय १४ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि शाई होपले सर्वाधिक ४३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए ।

भारत र वेष्ट इन्डिजबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी-ट्वेण्टी शृङ्खला पनि हुनेछ। यसअघ भएको टेस्ट शृङखला भारतले जितेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved