नाइजरमा सैनिक सरकारका समर्थकले मूख्य पार्टीको कार्यालयमा आगो लगाए

नेपालभ्युज

नाइजरमा सैनिक सरकारका समर्थकले मूख्य पार्टीको कार्यालयमा आगो लगाए

एजेन्सी। नाइजरमा सत्ता कब्जा गरेको असन्तुष्ट सेनाको समूहका समर्थकले मूख्य पार्टीको कार्यालयमा आगजनी गरेका छन् ।

सेनाका समर्थकहरूले अपदस्थ राष्ट्रपतिको पार्टीको मुख्यालयमा आक्रमण गरेर आगजनी गरेका छन् । उनिहरुले कार्यालय बाहिर ढुङ्गा हानेका छन् भने कारहरू जलाइएका छन्।

आगो लगाउनेहरूको ठूलो समूह भन्दा केही परको संसद भवन बाहिर भने सत्ता कब्जाको विरोधमा सानो प्रदर्शन थियो  जहाँ केही रुसी झण्डा पनि प्रदर्शनमा थिए।

बुधवार राष्ट्रपति मोहम्मद बाजुमलाई बन्धक बनाएका असन्तुष्ट सेनालाई अब बाँकी सेनालाई सेनाले समर्थन दिएको छ। राष्ट्रपति बाजुमको रिहाइको लागि आह्वान संयुक्त राष्ट्र संघसहित अन्य देशले आग्रह गरेका छन् ।

रुस पनि बाजुमकै पक्षमा छ ।  दुई वर्षअघि नाइजरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीया पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरू विरुद्धको लडाइँमा प्रमुख पश्चिमी सहयोगी हुन्।

युरेनियम धनी देश नाइजरमा अमेरिका र फ्रान्सका  सैन्य अड्डाहरू छन् । उनिहरुले  विद्रोहको निन्दा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बाजुमलाई वाशिंगटनको “अटुट समर्थन” को वचन दिएका छन् ।

संयुक्त राष्ट्र संघले नाइजरमा आफ्नो मानवीय कार्यहरू स्थगित गरेको बताएको छ। संयुक्त राष्ट्रसंघले यसअघि नाइजरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको बताएको छ।

बिहीबार, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बाजुमलाई “तत्काल र बिना शर्त” रिहा गर्न माग गरेका छन् ।

सेनाको कब्जामै रहेका राष्ट्रपति बाजुमले बिहीबार बिहान एक ट्विटमा भने,  “कडा मेहनतले जितेका उपलब्धिहरू सुरक्षित हुनेछन्। प्रजातन्त्र र स्वतन्त्रतालाई माया गर्ने सबै नाइजेरिनेहरूले यसलाई हेर्नेछन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved