पाकिस्तानको जवाफ – भारतले अन्धो राष्ट्रवादका भाषण बन्द गरोस्

नेपालभ्युज

पाकिस्तानको जवाफ – भारतले अन्धो राष्ट्रवादका भाषण बन्द गरोस्

एजेन्सी। भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा पार गर्ने अभिव्यक्तिको पाकिस्तानले निन्दा गरेको छ ।

राजनाथ सिंहले कारगिल विजय दिवसको अवसरमा लद्दाखको द्रासमा भनेका थिए कि भारत आफ्नो इज्जत र गरिमा कायम राख्न नियन्त्रण रेखा (एलओसी) पार गर्न तयार छ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारतलाई अत्यधिक सावधानी अपनाउन सल्लाह दिन्छौं, किनभने यसको आक्रामक बयानबाजी क्षेत्रीय शान्ति र स्थिरताका लागि खतरा हो र दक्षिण एसियामा रणनीतिक वातावरणलाई अस्थिर पार्ने काम गर्दछ।”

पाकिस्तान पक्षबाट यो पनि भनिएको छ कि, ‘भारतीय राजनीतिज्ञ र वरिष्ठ सैन्य अधिकारीहरूले यस्तो गैरजिम्मेवारपूर्ण बयान गरेको यो पहिलो पटक होइन।

यस्ता अन्धो-राष्ट्रवादी भाषणबाजी बन्द गर्नुपर्छ।’ पाकिस्तानले कुनै पनि आक्रमणको विरुद्धमा आफ्नो रक्षा गर्न सक्षम रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved