एजेन्सी। कोरोना महामारीको विश्वका धेरै शहरहरूमा जीवनको गुणस्तर फेरि बढेको छ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको वार्षिक ग्लोबल लाइभबिलिटी इन्डेक्सका अनुसार समग्र जीवनयापन १५ वर्षको उच्चमा पुगेको छ । जसले स्थायित्व, स्वास्थ्य सेवा, संस्कृति र वातावरण, शिक्षा र पूर्वाधारलगायतका कारकहरूमा १ सय ७३ शहरहरूलाई मूल्याङ्कन गर्छ।
विश्वव्यापी रूपमा बढ्दो लागतको जीवनयापनको चिन्ता र कीभ जस्ता शहरहरूमा जारी द्वन्द्वको बीचमा नागरिकले अशान्तिको सामना गरेका छन् ।
विश्वभर महामारी र प्रतिबन्धको अन्त्यले संस्कृति र वातावरणीय स्कोरमा भने सुधार गरेको छ । विभिन्न तथ्यांक र सर्वेक्षणको आधारमा बीबीसीले विश्वकै बस्न लायक उत्कृष्ट १० सहरको सूची सार्वजनिक गरेको छ ।
पहिलो नम्बरमा अष्ट्रियाको भियना सहर रहेको छ । अस्ट्रियाको राजधानी लाइभबिलिटी इन्डेक्समा नम्बर एक स्थानको लागि अपरिचित छैन, स्थायित्व, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधारमा उत्कृष्ट स्कोरको साथ भियना पहिलो नम्बरमा आएको हो ।
दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन र तेस्रो नम्बरमा अष्ट्रेलियाको मेलबर्न रहेको छ । चौथोमा क्यानडाको भ्यानकुभर र पाँचौमा जापानको ओसाका सहर परेको छ ।
शीर्ष १० सहरको सूचीमा एसियाको एकमात्र सहर जापानको ओसाका परेको हो । छैठौँ नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड परेको छ, यस्तै सातौँ नम्बरमा अष्ट्रेलियाको सिड्नी, आठौंमा स्विट्जरल्याण्डको जुरिच, नवौँ र दशौँ नम्बरमा पनि क्यानडाका सहर परेका छन्।
Facebook Comment
Comment