ग्रीसमा आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

नेपालभ्युज

ग्रीसमा आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी। ग्रीसमा आगो निभाउन गएको वायुसेनाको विमान दुर्घटना भएको छ ।

ग्रीसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा उक्त विमानमा दुई जना पाइलट रहेको र दुवैको मृत्यु भएको जनाएको छ ।

ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेका छन् । यो क्षेत्र प्लाटानिस्टोसको नजिक छ, जहाँ मानिसहरूलाई आगोबाट बचाउन उद्धार गरिएको थियो ।

सशस्त्र बलमा तीन दिने शोक मनाइने भएको छ । युरोपका धेरै देशमा तापक्रम बढेपछि जताततै आगलागीका घटना भइरहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved