उत्तर कोरिया भ्रमण गर्दै रूसी रक्षामन्त्री

नेपालभ्युज

उत्तर कोरिया भ्रमण गर्दै रूसी रक्षामन्त्री

सोल । रूसका रक्षामन्त्री सर्गेई शोइगु कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउन उत्तर कोरियाको भ्रमणमा जाने भएका छन् ।

प्योङयाङको सरकारी समाचार माध्यमले कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुन नसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब पुनःखुल्ने जनाएको छ ।

चिनियाँ प्रतिनिधिमण्डल पनि सोही कार्यक्रममा सहभागी हुने पुष्टि भएको भोलिपल्ट रुसी रक्षामन्त्रीको घोषणा सार्वजनिक भएको हो ।

रक्षा मन्त्री सर्गेई शोइगुको नेतृत्वमा रूसी महासङ्घको एक सैन्य प्रतिनिधिमण्डल यसैसाता प्योङ्योङ पुग्ने बताइएको छ ।

युद्धविरामको वार्षिकोत्सवमा धेरै चिनियाँ कूटनीतिज्ञ उपस्थित हुन जनाएको छ । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।

प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना हुने अपेक्षा गरिएको सोलस्थित एनके न्यूजले जनाएको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved