काठमाडौं। पूर्व मिस नेपाल शृङ्खला खतिवडाले आफ्नो व्यक्तिगत जीवन खोतल्न धेरै मानिस पछि लागेको आरोप लगाएकी छन्। मिस नेपाल २०१८ शृङ्खलाले आफूले कसैको केही नबिगारे पनि आफ्नो पछि मानिसहरू लागेको गुनासो गरिन्।
पछिल्लो समय प्रेमका कारण चर्चामा छिन्। उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेपछि उनले गुनासो गरेकी हुन्।
सञ्जय सिलवाल गुप्तासँग पडकाष्टमा कुरा गर्दै उनले भनेकी छिन्, ‘मैले कसैको केही बिगारेको छैन । मेरो पछि कति परेका हुन्’, उनले भनिन् ‘जति नै पछि परे पनि उनीहरूलाई दिने मसँग उत्तर छैन।’
मानिसहरू आफ्नो जति नै पछि लागे पनि व्यक्तिगत जीवन भने नखोल्ने स्पष्ट पारेकी छन्।
‘मानीहरूले मेरो रियाक्सन खोजेको हो कि। डेढबर्ष भइसक्यो कति चिढाउने काम गरिरहेका हुन्’, उनले अगाडि भनिन् ‘तर म रियाक्सन दिन्न। मानिसहरूले आफूबाट के खोजिरहेका थाहा छैन। त्यसको उत्तर मसँग पनि छैन, दिँदा पनि दिन्न’ उनी थप्छिन्।
Facebook Comment
Comment