काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । नाउपा एक मन्त्री र राज्यमन्त्रीका साथ सरकारमा सहभागी हुन लागेको हो ।
संसदीय दलका नेता घनश्याम चौधरीकाअनुसार नाउपा भोलिसम्म सरकारमा सहभागी हुनेछ । “एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछौँ,” चौधरीले भने, ‘सम्भवत: भोलिसम्म शपथ हुन्छ । भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने टुङ्गो लागेको छ ।’
चौधरीकाअनुसार मन्त्रीका रूपमा रामेश्वर चौधरीलाई प्रस्ताव गरिएको छ । तर, हेरफेर हुनसक्ने पनि उनले बताएका छन् ।
अहिले यहाँ आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि रिक्त छ । कांग्रेसका तर्फबाट मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यो मन्त्रालय खाली छ । तर, यो मन्त्रालय कांग्रेसले नै राख्ने भनेको छ ।
Facebook Comment
Comment