चीनमा विद्यालयको भवन भत्किँदा ११ जनाको मृत्यु, १९ जना भित्रै फसे

नेपालभ्युज

चीनमा विद्यालयको भवन भत्किँदा ११ जनाको मृत्यु, १९ जना भित्रै फसे

एजेन्सी। उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

व्यायामशाला भत्किँदा १९ जना भित्र फसेको अधिकारीहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले मिडियालाई भने कि मृत्यु हुनेमा धेरै बालबालिका छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ। औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको भवनको इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । चारजना भाग्न सफल भएको अधिकारीहरुले बताएका छन् ।

भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved