चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गर्दै, भित्री सतहमा पुग्न भने अझै एक महिना लाग्ने

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चन्द्रयान–३ सोमबार चन्द्रमाको कक्षतर्फ सर्ने बताएका छन् ।  उनले सोमबार यो चन्द्रमाको कक्षमा जाने र त्यसपछि सबैभन्दा भित्री सतहमा पुग्ने बताए ।

नेपालभ्युज

चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गर्दै, भित्री सतहमा पुग्न भने अझै एक महिना लाग्ने

एजेन्सी। यही जुलाई १४ मा प्रक्षेपण गरिएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गर्ने तयारीमा छ ।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले चन्द्रयान–३ सोमबार चन्द्रमाको कक्षतर्फ सर्ने बताएका छन् ।  उनले सोमबार यो चन्द्रमाको कक्षमा जाने र त्यसपछि सबैभन्दा भित्री सतहमा पुग्ने बताए । जितेन्द्र सिंहले चन्द्रमाको कक्षमा प्रवेश गरेपछि चन्द्रमाको दक्षिणी ध्रुवमा कुन ठाउँमा अवतरण गर्ने भनेर जाँच गर्ने बताए ।

उनले अगस्टको पहिलो साता चन्द्रमाको कक्षमा पुग्ने र अगस्ट २३ मा यसको दक्षिणी ध्रुवमा अवतरण गर्ने बताए ।

अगस्त १७ मा प्रोपल्सन प्रणाली ल्यान्डर रोभरबाट अलग हुनेछ। यसपछि, ल्यान्डर र रोभरलाई चन्द्रमाको कक्षमा राखिनेछ । जसका लागि यसको डिबोस्टिङ स्पीड घटाइनेछ र अगस्ट २३ मा ल्यान्डरले रोभरलाई चन्द्रमामा अवतरण गराउनेछ ।

सकुशल पुगेमा चन्द्रमाको दक्षिणी ध्रुवमा रकेट पठाउने भारत पहिलो देश बन्नेछ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन। अहिलेसम्म पठाइएका सबै रकेट चन्द्रमाको मध्यवर्ती भागमा मात्रै ल्यान्ड भएका थिए।

इसरोका सुरुआती दुई अभियान पश्चात् यो तेस्रो हो। पहिलो सफल र दोस्रो असफल भएको थियो। अहिलेको यो रकेटलाई सन् २०१९ को चन्द्रयान-२ को फलोअप मिसनका रूपमा पनि हेरिएको छ।

यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास हुनेछ। जुन सफलता अहिलेसम्म केवल रुस, अमेरिका र चीनले मात्र हासिल गर्न सकेका छन्।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूला-ठूला खाडल र भीर छन्। केही खाडलमा अर्बौं वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३ डिग्री सेल्सियससम्म रहेको अनुमान छ।

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो। उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो।

पहिलो चन्द्र अभियानका लागि भारतले ७ दशमलव ९ करोड अमेरिकी डलर खर्च गरेको थियो। चन्द्रयान–३ अभियानका लागि भारतले झन्डै ८ करोड डलर खर्च गरेको छ।

भारतको दोस्रो अभियान सञ्चालन गर्दा खर्च झन्डै दोबर भएर १२ करोड डलर पुगेको थियो। सन् २०१९ को सुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण गराउन असफल भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved