विवाह पछि पनि किन हेमा मालिनी र धर्मेन्द्र सँगै बसेनन् ?

नेपालभ्युज

विवाह पछि पनि किन हेमा मालिनी र धर्मेन्द्र सँगै बसेनन् ?

एजेन्सी । बलिउडको चर्चित जोडीको नाम लिँदा धर्मेन्द्र र हेमा मालिनीको पनि नाम आउँछ । यो जोडीले विवाह गरेको ४३ वर्ष भइसकेको छ र अहिले पनि दुबैको पे्रमको किस्साहरु अगाडि आइरहन्छन् ।

एउटा विषय भने सबैलाई खट्किरहन्छ कि हेमा मालिनी र धर्मेन्द्र विवाहपछि पनि किन अलग अलग बस्छन् ? हालै हेमा मालिनीले दिएको एउटा अन्तरवार्ताका क्रममा उनले यसबारेमा बताएकी छन् । आउनुहोस् जानौं हेमा मालिनीले के भनेकी छन् ।

हेमा मालिनीले एक मिडियालाई दिएको अन्तरवार्तामा आफ्नो निजी जीवनको बारेमा ठूलो खुलासा गरेकी छन् । हेमा मालिनीसँग प्रश्न गरिएको थियो कि आजको समयमा फेमिनिस्ट आइकन छन् जो आफ्नो अलग घरमा बस्छन् ।

हेमा मालिनीले यसको जवाफ दिँदै “फेमिनिज्म सिम्बल ? कसैले पनि यसरी बनाउन चाहँदैन । यो त आफै हुने कुरा हो । यसप्रकारको जीवन कसैले पनि जिउन चाहँदैन । सबैलाई आफ्नो परिवार बच्चाहरुसँग रहन मन पर्छ ।को नै होला र आफ्नो परिवारसँग टाढा रहेर खुशी होला । हरेक महिलालाई आफ्नो श्रीमान, बच्चा र एउटा सामान्य जीवन चाहिएको हुन्छ । तर केही कारणले गर्दा मैले यी चिजहरुलाई अलग गरेकी छु ।” भनिन् ।

हेमा मालिनीले बच्चा र श्रीमानसँग टाढा रहने प्रश्नको जवाफ दिँदै भनिन्, “मलाई यो कुराको कुनै पनि दुःख छैन । मैले आफ्ना दुबै बच्चालाई पालेँ । धर्मेन्द्र मसँग हरेक ठाउँमा हुनुहुन्थ्यो । उहाँलाई बच्चाको विवाहको चिन्ता पनि थियो । मैले सधैं उहाँलाई भन्थे कि सबै भइहाल्छ ।”

धर्मेन्द्र र हेमा मालिनीले सन् १९८० मा विवाह गरेका थिए । धर्मेन्द्रले जब हेमा मालिनीसँग विवाह गरेका थिए त्यतिबेला उनी विवाहित थिए र उनका चार जना बच्चा पनि थिए ।

धमेन्द्रले आफ्नी श्रीमती प्रकाश कौरसँग डिभोर्स नगरिकन हेमा मालिनीसँग विवाह गरेका थिए । धर्मेन्द्र र हेमा मालिनीका दुई वटी छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved