ललिता निवास प्रकरणमा नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ

नेपालभ्युज

ललिता निवास प्रकरणमा नापीका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ
ललिता निवासले ओगटेको जग्गासहितको नक्सा

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

उनी नापी विभागका कर्मचारीसमेत थिए। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

यसअघि, साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ। सीआईबीले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो।

ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved