धनुषामा भारतीय सीमा नजिकै महिलाको गोली हानेर हत्या

नेपालभ्युज

धनुषामा भारतीय सीमा नजिकै महिलाको गोली हानेर हत्या
प्रतीकात्मक तस्वीर ।

धनुषा। धनुषामा गोली हानेर एक महिलाको हत्या भएको छ ।  नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो ।

गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलालाई दुई राउन्ड गोली हानेका उनीहरु भारततर्फ नै भागेका छन् । गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान खुलेको छैन् ।

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved