काठमाडौं। ‘मिनी संसद’ भनिने संसदीय समितिको बैठकमा सत्तापक्षका सांसदले नै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
सुन तस्करीमा नाम जोडिएकाले छानबिनमा सघाउनका लागि गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनको भनाइ छ । उनले अर्थमन्त्री प्रकाशशरण महतले पनि राजीनामा दिनुपर्ने बताए ।
‘अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो भएन’, उनले भने, ‘अर्थ मन्त्रालयमातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा नमिल्दो छ ।’
भ्रष्टाचारको विषय राजनीतिक दल नहेरी कारबाही अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
Facebook Comment
Comment