फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क नउठाउने ककनी गाउँपालिकाको निर्णय

नेपालभ्युज

फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क नउठाउने ककनी गाउँपालिकाको निर्णय
फाइल तश्वीर

काठमाडौं। नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ ।

सर्वोच्च अदालतले फोहोर बोकेका गाडीबाट शुल्क नउठाउन आदेश दिएसँगै ककनी गाउँपालिकाले पनि आफ्नो निर्णय स्थगित गरेको हो ।

फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमवार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved