आजदेखि पानी पर्न कम हुने, यी ठाउँमा हुनेछ वर्षा

नेपालभ्युज

आजदेखि पानी पर्न कम हुने, यी ठाउँमा हुनेछ वर्षा

काठमाडौं।  पछिल्लो तीन दिनदेखि देशका धेरै ठाउँमा भइरहेको वर्षा आजदेखि कम हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

दिउँसो  देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक- दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिक देखी  सामान्य बदली रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved