देशका धेरै ठाउँमा पानी पर्दै, आज यी ठाउँमा हुनेछ ठूलो वर्षा

नेपालभ्युज

देशका धेरै ठाउँमा पानी पर्दै, आज यी ठाउँमा हुनेछ ठूलो वर्षा

काठमाडौं । देशका धेरै ठाउँमा सोमबार दिउँसोदेखि पानी परिरहेको छ ।

केही ठाउँमा रातभर ठूलो पानी परेको छ । गोरखा, सिन्धुपाल्चोक, म्याग्दी, कास्की लगायतका जिल्लामा गएराति ठूलो पानी परेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

राति देशभर आंशिक देखी सामान्य  रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved