अष्ट्रेलियाको समुन्द्र तटमा रहस्यमय वस्तु भेटियो, एलियनको उपकरण भएको हल्ला

नेपालभ्युज

अष्ट्रेलियाको समुन्द्र तटमा रहस्यमय वस्तु भेटियो, एलियनको उपकरण भएको हल्ला

एजेन्सी। अष्ट्रेलियाको समुन्द्र तटमा एउटा ‘रहस्यमय अज्ञात वस्तु’ देखिएको छ ।

यो देखेपछि स्थानीय बासिन्दा अचम्ममा परेका छन् र यसबारे निकै चर्चा चलिरहेको छ । वेस्टर्न अस्ट्रेलियाको ग्रीन हेड बिचमा सिलिन्डरजस्तो विशाल वस्तु देखेर प्रहरी पनि छक्क परेका छन् ।

केहीले यसलाई अर्कै ग्रहबाट आएका एलियनको उपकरण भनेर पनि हल्ला फैलाइरहेका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ र यो कुनै पनि व्यावसायिक विमानको हिस्सा नभएको उनीहरुको विश्वास छ ।

प्रहरीले  यसलाई ‘जोखिमपूर्ण’ भन्दै सर्वसाधारणलाई  टाढै रहन आग्रह गरेको छ । सेना र अस्ट्रेलियाको अन्तरिक्ष एजेन्सी पनि रहस्यमय वस्तुको अनुसन्धानमा संलग्न छन् ।

अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो ‘विदेशी अन्तरिक्ष रकेट’ को फोहोर इन्धन सिलिन्डर हुन सक्ने बताएको छ ।

विज्ञहरूले यो इन्धन सिलिन्डर हो भने यसमा विषाक्त पदार्थ हुनसक्ने र यो भारतीय रकेटको हुनसक्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved