सारुक ताम्राकार आत्महत्या प्रकरण: छानबिन गर्न कलाकार संघको माग

नेपालभ्युज

सारुक ताम्राकार आत्महत्या प्रकरण: छानबिन गर्न कलाकार संघको माग

काठमाडौं। स्वर्गीय अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गर्न नेपाल चलचित्र कलाकार संघले आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायत विभिन्न अनलाइनमा आएका समाचार तथा भनाइबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याइदिनका लागि संघ सम्बन्धित निकायसँग माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘‘स्व.सारुक सिङ्गो चलचित्र क्षेत्रमै कामप्रति लगनशील, सालिन र भद्र अभिनेताको रूपमा परिचित हुनुहुन्थ्यो। स्व. सारुकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेसाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनु पर्दछ भन्ने आवाज उठिरहेकोले सो विषयमा गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याइदिनका लागि संघ सम्बन्धित निकायसँग माग गर्दछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved