आर्थिक वर्षको अन्तिम दिनमा सेयर बजार दोहोरो अंकले बढ्यो

नेपालभ्युज

आर्थिक वर्षको अन्तिम दिनमा सेयर बजार दोहोरो अंकले बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं। आर्थिक वर्षको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से १२.१६ अंकले बढेर २०९६७.०९ को विन्दुमा बन्द भएको छ।

आज बैंकिङ उपसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ भने म्युचुअल फन्ड उपसूचक २.०६ प्रतिशतले बढेको छ । यस्तै लघुवित्त उपसूचक पनि ०.९७ प्रतिशतले बढेको हो । यता वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बिमा उपसूचकमा भने गिरावट भएको छ ।

आइतबार कारोबार रकम भने घटेको छ। आज ३९ हजार ३७ वटा कारोबारमा ७१ लाख ८४ हजार २५४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाखको कारोबार भएको हो ।

आइतबार नेप्सेमा कुल २२६ सुचिकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये ११७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९३ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved