अमेरिकामा गर्मीले जनजीवन अस्तव्यस्त, डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियस

नेपालभ्युज

अमेरिकामा गर्मीले जनजीवन अस्तव्यस्त, डेथ भ्यालीको तापक्रम ५३ डिग्री सेल्सियस

एजेन्सी। अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी भइरहेको छ ।

सम्पूर्ण दक्षिण-पश्चिममा लुको खतरनाक स्तर पुग्न चेतावनी जारी गरिएको छ। राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ।

लगभग एक तिहाइ अमेरिकीहरू अर्थात झण्डै ११ करोड मानिस गर्मीबाट हैरान भएका छन् ।

फ्लोरिडादेखि क्यालिफोर्निया र अहिले वासिङ्टन पनि गर्मीको लहरको चपेटामा छ । क्यालिफोर्नियाको डेथ भ्याली, संसारको सबैभन्दा तातो ठाउँहरू मध्ये एक जहाँ ५३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

लस भेगास र नवाडा जस्ता ठाउँहरूमा केही दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्छ। छिमेकी क्यानडाका अधिकारीहरूले औसतभन्दा उच्च तापक्रमले जंगलमा लागेको आगो निम्त्याइरहेको बताएका छन्।

आगलागीबाट हालसम्म साढे दुई करोड एकड जमिन जलेर नष्ट भएको छ । अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७ सय जनाको मृत्यु हुने गरेको छ । देशमा अर्को सातासम्म चर्को गर्मी जारी रहने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved