लिथुआनिया। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नेटोमा सामेल गर्ने हो भने यसले विश्वलाई थप असुरक्षित बनाउने बताएका छन् । यसले समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउने उनले बताएका हुन्।
लिथुआनियामा भएको शिखर सम्मेलनको एक दिनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मलाई विश्वास छ कि, यसले युक्रेनको सुरक्षालाई बढाउँदैन र समग्रमा विश्वलाई अझ बढी असुरक्षित बनाउनेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा थप तनाव निम्त्याउनेछ । नाटोले किभलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो, तर सदस्यताको लागि समयसीमा भने दिएको छैन ।।”
युक्रेनमा सैन्य अभियान सुरु गर्नुको एउटा कारण किभलाई गठबन्धनमा सामेल हुनबाट रोक्नु रहेको बताउँदै पुटिनले युक्रेनले रुसी सेनालाई पछाडि धकेल्न क्षेप्यास्त्रलगायत थप उन्नत र लामो दूरीका हतियारको माग गर्दै आएको बताए ।
पुटिनले भने, “लामो दूरीका क्षेप्यास्त्रहरूले ‘क्षति पुर्याउँछ, तर ती प्रयोग गरिएका लडाकु क्षेत्रहरूमा केही पनि महत्त्वपूर्ण उपलब्धि भइरहेको छैन । विदेशमा निर्मित ट्याङ्कका लागि पनि यही कुरा लागू हुन्छ ।”
Facebook Comment
Comment