भानुभक्त सम्झँदै ओलीले भने- मान्छेमा भक्तिभाव हरायो, समाज विचलित भयो

नेपालभ्युज

भानुभक्त सम्झँदै ओलीले भने- मान्छेमा भक्तिभाव हरायो, समाज विचलित भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज क्रमशः सामाजिक मूल्यबाट विचलित हुन थालेको बताएका छन् ।

शुक्रबार भानुजयन्तीका सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले अहिलेका मान्छेमा भक्तिभाव र नैतिकता हराउँदै गएकाे भन्दै समाज विचलित हुन थालेको बताएका हुन् ।

उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुँदै गएको पनि बताए । समाजमा सांस्कृतिक अधोपतन नहोस् भन्नेतर्फ सबै रहनुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले समाज भगवानसँग पनि डराउन छोडेको छ र अराजकता मौलाएको छ । यो ठिक होइन ।’

उनले भानुभक्तले नेपाली साहित्यको उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved