भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्समा सर्वोच्च सम्मान

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्समा सर्वोच्च सम्मान

एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले प्रधानमन्त्री मोदीलाई ‘ग्राण्ड क्रस अफ द लिजन अफ अनर’ले सम्मान गरेका छन् । यो फ्रान्सको सर्वोच्च सैन्य वा नागरिक सम्मान हो। यसका लागि प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपतिलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री मोदी दुई दिने फ्रान्स भ्रमणमा छन् । भ्रमणको पहिलो दिन पेरिसमा उनको भव्य स्वागत गरिएको थियो । प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने भारतीय समुदायलाई सम्बोधन गर्नुका साथै विभिन्न सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।

गएराति प्रधानमन्त्री मोदीले पेरिसको एलिसी प्यालेसमा राष्ट्रपति म्याक्रोनसँग डिनर गरेका थिए । त्यहाँ उनलाई सर्वोच्च सम्मानबाट पनि सम्मानित गरिएको थियो ।

प्रधानमन्त्री मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । यद्यपि विश्वभरका अन्य नेताहरूले यो सम्मान पाएका छन्।

जर्मनीका पूर्व चान्सलर एन्जेला मर्केल, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला, राजकुमार चार्ल्स लगायतले पनि यो सम्मान पाएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved