पीएसपीः जसले सीता दाहाललाई मृत्युसम्म पुर्‍यायो

प्राप्त अनुसन्धानका आधारमा पीएसपीबाट महिलाभन्दा पुरुष धेरै पीडित छन्। पाँच वर्षअघि बलिउडका चर्चित अभिनेता कादर खानको पनि यही रोगकै कारण निधन भएको थियो।

नेपालभ्युज

पीएसपीः जसले सीता दाहाललाई मृत्युसम्म पुर्‍यायो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी), अल्जाइमर्स र पार्किन्सनलगायत समस्याका कारण निधन भएको अस्पतालले जनाएको छ।

लामो समय मेडिसिटी र सुमेरु अस्पतालमा उपचार गरिए पनि हालै नर्भिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान निधन भएकाे हो। उनको भारत र अमेरिकामा समेत उपचार गरिएको थियो।

प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक अस्पताल पुगे शीर्ष नेता

के हो त प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) ?

पीएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो। जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रिया साथै मनोदशा र सोचलाई समेत प्रभावित बनाउने अमेरिकाको न्याशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआईएनडीएस)ले जनाएको छ।

यो रोग लागेपछि मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुने एनआईएनडीको भनाइ छ।

सामान्यतया पीएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरूमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्छ।

निधनको कारण खुलाउँदै अस्पतालले जारी गरेको विज्ञप्ति

प्राप्त अनुसन्धानका आधारमा भन्ने हो भने पीएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित छन्। केही वर्षअघि बलिउडका चर्चित अभिनेता कादर खानको पनि यही पीएसपीबाटै ग्रस्त भएर निधन भएको थियो।

व्यक्ति अनुसार लक्षणहरू फरक फरक हुने भए पनि अधिकांशमा हिँड्दा शरीरको सन्तुलन मिलाउन गाह्रो हुने शुरुवाती लक्षण देखिन्छ।
त्यसपछि बिस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ। रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, अवसाद र उदासी बढ्ने, कुनै कुरामा पनि रुचि नहुने हुन्छ।

रोगले च्याप्दै लग्दा ठोस बस्तु निल्न गाह्रो हुने, अनुहारमा एकै प्रकारको भाव रहने र, बढ्दो उमेरसँगै अल्जाइमर्स र पार्किन्सन्स्का जस्ता समस्या समेत आउने एनआईएनडीएसको रिपोर्टमा उल्लेख गरिएको छ।

आमाको निधनपछि नर्भिक अस्पतालमा आइपुगिन् रेणु 

एनआईएनडीएसका अनुसार, यो रोग निको पार्ने औषधि अहिलेसम्म बनिसकेको छैन। तर, यो रोगले निम्त्याउने समस्याहरू भने व्यवस्थापन गर्न सकिन्छ। सीतालाई यसै रोगबाट गाह्रो भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।

प्रचण्डपत्नी सीताको यसअघि लामो समय मेडिसिटी र सुमेरु अस्पतालमा उपचार गरिएको थियो। उनको यसअघि अमेरिका र भारतलगायतका अस्पतालमा पनि उपचार गरिएको थियो।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved