सीता दाहालको अन्त्येष्टि दिउँसो २ बजे हुने

नेपालभ्युज

सीता दाहालको अन्त्येष्टि दिउँसो २ बजे हुने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टी आजै हुने भएको छ।

आज विहान नर्भिक अस्पतालमा निधन भएकी स्वर्गीय दाहालको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सीता दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत थिइन् ।

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ ।

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको भएको थिएन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved