पूर्वका केही ठाउँमा गएराति ठूलो वर्षा, आजको मौसम कस्तो ?

नेपालभ्युज

पूर्वका केही ठाउँमा गएराति ठूलो वर्षा, आजको मौसम कस्तो ?

काठमाडौं । पूर्वी नेपालका केही ठाउँमा गएराति ठूलो पानी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार झापाको केचनामा गएराति ४ घण्टामै १ सय २० मिलिमिटर पानी परेको थियो । यस्तै, मोरङको हरैँचामा एक सय भन्दा माथि, सप्तरीमा ७५ र सुनसरीमा ८० मिलिमिटर पानी परेको छ ।

केचना आसपास बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा बाढीको जोखिम तथा नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आज पूर्वको कोशीसहित बाग्मती र गण्डकीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

हाल कोशी तथा मधेश प्रदेशां सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको  छ। कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved