क्षमापूजाका लागि पशुपति जाने कार्यक्रम नै थिएन, भ्रम फैलाइयो- ओलीको सचिवालय

नेपालभ्युज

क्षमापूजाका लागि पशुपति जाने कार्यक्रम नै थिएन, भ्रम फैलाइयो- ओलीको सचिवालय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्षमापूजाका लागि पशुपति जाने कार्यक्रम नै नभएको सचिवालयले जनाएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईले अध्यक्षको पशुपति जाने कुनै कार्यक्रम नै नभएको प्रष्ट पारेका हुन् । भ्रम फैलाउने नियतका साथ उक्त समाचार आएको उनको भनाइ छ ।

कतिपय मिडियाले अध्यक्ष ओली सोमबार क्षमापूजाका लागि पशुपति जाने समाचार लेखेका थिए ।

‘आइतबारदेखि मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रूपमा लेखिरहेका छन्,’ उनले भने, ‘‘आफैं जाने भनेर लेख्छन्, आफै स्थगित भनेर लेखेको देखियो, तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved