इक्वेडर जान लागेका २३ अफगानीको आप्रवासी तस्करबाटै उद्धार

नेपालभ्युज

इक्वेडर जान लागेका २३ अफगानीको आप्रवासी तस्करबाटै उद्धार

पेरु। इक्वेडर जाने प्रयास गरिरहेका  २३ अफगानीको आप्रवासी तस्करबाट उद्धार गरिएको छ । पेरूका अधिकारीहरूले ब्राजिलसँग सीमा जोडिएका आप्रवासी तस्करहरूबाट आइतबार २३ जना अफगानीलाई उद्धार गरेको पेरूको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

इक्वेडर जाने प्रयास गरिरहेका ती आप्रवासीले मानव तस्करलाई पैसा तिरेर उनीहरूलाई देशभरि र उत्तरी सीमासम्म पुर्‍याएको अभियोजनकर्ताहरूले बताएका छन् ।

तर, पेरू–ब्राजिल सीमामा पर्ने माद्रे दे डायोस विभागको इनापारी गाउँमा उनीहरूले आफ्नो पैसा ठगेर एउटा घरमा अलपत्र छोडेको सरकारी वकिलको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई खाना र उचित वासको प्रबन्ध नगरिकन सबै जनालाई एउटै घरमा छोडिदिएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी त्यहाँ छोडिएकामध्ये दुई महिनाको शिशुसहित चारजना बालबालिकाको मृत्यु भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

अभियोजनकर्ताहरूले आप्रवासीहरूले तस्करहरूलाई कति रकम तिरेका थिए भन्ने बारे केही बताएका छैनन् ।

इक्वेडरसँगको पेरूको उत्तरी सीमा नजिकैको टम्बेस शहरमा जानुअघि अफगानीहरूलाई क्षेत्रीय शहरमा स्थानान्तरण गरिने र त्यसपछि राजधानी लिमामा लगिने विश्वास दिलाइएको थियो ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved