सरकारले ३५० मिलियन अमेरिकी डलर ऋण स्वीकार्ने

नेपालभ्युज

सरकारले ३५० मिलियन अमेरिकी डलर ऋण स्वीकार्ने

काठमाडौं। सरकारले कुल ३५० मिलियन अमेरिकी डलर ऋण स्वीकार्ने सरकारको निर्णय गरेको छ ।

असार १९ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार मन्त्री शर्माले सरकारले भन्सार तथा लजिस्ट्री सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताइन्।

उनले शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गर्ने निर्णय भएको बताइन्। सरकारले नेपाल न्याय सेवा, कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको छ।

सरकारले  एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सबस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ।

त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने, पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने निर्णय गरेको छ।

सरकारले थाइल्यान्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेसन कार्यक्रम र सेभेन्थ इन्टरनेसनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेसन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने र निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved