मेक्सिको बस दुर्घटनामा २९ जनाको ज्यान गयो

नेपालभ्युज

मेक्सिको बस दुर्घटनामा २९ जनाको ज्यान गयो

मेक्सिको। मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनेवित्तिकै उद्धार सुरु गरिएको र त्यसको १२ घण्टापछि २९ जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका पुष्टि भएको अभियोनजक बर्नार्डो रोड्रिगेज अलामिल्लाले टेलिफोनमा बताए ।

दुर्घटनामा पन्ध्र जना महिला, एउटा बच्चा र १३ जना पुरुषले ज्यान गुमाएका उनले जनाए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुसन्धानले यान्त्रिक खराबीका कारण दुर्घटना भएको देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved