कोशी र सुदूरपश्चिममा भारी वर्षा हुने, काठमाडौंमा बिहानै चर्को घाम

नेपालभ्युज

कोशी र सुदूरपश्चिममा भारी वर्षा हुने, काठमाडौंमा बिहानै चर्को घाम

काठमाडौं। काठमाडौं। काठमाडौं उपत्यकामा आज विहानै चर्को घाम लागेको छ ।

बुधबार दिउँसोसम्म झरी लागेको काठमाडौंमा त्यसपछि भने मौसम खुला छ। तर विहीबार दिउँसोपछि भने मौसम बदली भएर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved