पाकिस्तानको लाहोरमा ३० वर्षयताकै ठूलो वर्षा, सात जनाको ज्यान गयो

नेपालभ्युज

पाकिस्तानको लाहोरमा ३० वर्षयताकै ठूलो वर्षा, सात जनाको ज्यान गयो

एजेन्सी। पाकिस्तानको लाहोर सहरमा बुधबार बिहानदेखि परेको अविरल वर्षाले विगत ३० वर्षको कीर्तिमान तोडेको छ ।

पाकिस्तानको मौसम विभागले १० घण्टामा २ सय ९१ मिलिमिटर वर्षा भएको जनाएको छ । यस्तै, सहरका अन्य क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

बीबीसीको उर्दू सेवाका अनुसार यस वर्षाका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको छ । जसमा एक ११ वर्षीय बालक पनि रहेका छन् । पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले ट्वीट गर्दै उद्धार कार्यको जानकारी दिएका छन् ।

उनले सबै मन्त्रिपरिषद्का मन्त्री र प्रशासनिक अधिकारीले जतिसक्दो चाँडो पानी निकासीका लागि काम गरिरहेको लेखेका छन् । लाहोरका तल्लो क्षेत्रमा बाढी आएको छ भने शहरका धेरै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

यसअघि जुनमा २६ गते लाहोरमा २ सय ५६ मिलिमिटर वर्षा भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved