जेनिनमा इजरायलको सैन्य अपरेसन टुङ्गियो

नेपालभ्युज

जेनिनमा इजरायलको सैन्य अपरेसन टुङ्गियो

काठमाडौं। इजरायलले जेनिनमा सैनिय ओपरेसन टुङ्ग्याएको छ। वेस्ट बैंकस्थित जेनिन शिविरमा इजरायलले लगातार दुई दिन गरेको आक्रमण बुधबार बिहान समाप्त गरेको हो।

एक सैन्य प्रवक्ताले औपचारिक रूपमा अपरेसनको समाप्त भएको र सेना जेनिनी क्षेत्रबाट फर्किएको बीबीसीले जनाएको छ। सोमबार सुरु भएको सो आक्रमणमा परि १२ प्यालेस्टिनी र एक इजरायली प्रहरीको मृत्यु भएको थियो।

इजरायलले ड्रोनको प्रयोग गर्दै हवाई आक्रमण गरेको थियो। इजरायली सेनाले शिविरभित्र पसेर बन्दुकधारी प्यालेस्टिनीसँग बन्दुकको प्रयोग गर्दै लडाइँ पनि गरेको थियो।

इजरायलले शिविरमा भएको आतंकवादी पूर्वाधारलाई निशानाको दाबी गर्दै आक्रमण गरेको थियो। जबकि, प्यालेस्टिनी विदेश मन्त्रालयले इजरायले जेनिनका सर्वसाधारणविरुद्ध खुल्ला युद्ध संचालन गरेको दाबी गरेको छ।

आक्रमणपश्चात् जेनिनस्थित सर्वसाधारणको घर तथा जनजीवन ठूला मात्रामा प्रभावित भएको छ। पानी र विद्युतीय सेवामा पनि जीर्ण अवस्थामा पुगेको छ।

जेनिन आक्रमणमा ८ जनाको मृत्यु, सडकमा गोली प्रहार जारी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved