विश्वको औसत तापक्रममा कीर्तिमान, जुलाई ३ तारिख अहिलेसम्मकै तातो दिन

पहिलो पटक विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस पुगेको छ । अमेरिकी अनुसन्धानकर्ताले यो हालसम्मकै उच्च तापक्रम भएको बताएका छन् ।

नेपालभ्युज

विश्वको औसत तापक्रममा कीर्तिमान, जुलाई ३ तारिख अहिलेसम्मकै तातो दिन

एजेन्सी। विश्वको औसत तापक्रमले कीर्तिमान बनाएको छ । जुलाई ३ तारिख सोमबार अहिलेसम्मकै तातो दिन भएको छ ।

पहिलो पटक विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस पुगेको छ । अमेरिकी अनुसन्धानकर्ताले यो हालसम्मकै उच्च तापक्रम भएको बताएका छन्, जुन एक रेकर्ड हो।

वैज्ञानिकले यो गर्मीको कारण एल निनो र वायुमण्डलमा बढ्दो कार्बन डाइअक्साइड रहेको बताएका छन् । योसँगै जुन महिना विश्वकै सबैभन्दा तातो महिना रह्यो ।

हालसम्म विश्वको औसत तापक्रम १६.९२ सेल्सियस रहेको र यो तापक्रम सन् २०१६ को अगस्टदेखि रहेको वैज्ञानिकले बताएका छन् । तर अहिले यो  बढेर १७.०१ सेल्सियस पुगेको छ ।

यस वर्षको सुरुदेखि नै अनुसन्धानकर्ताले जमिन र समुद्रको तापक्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved