ढुंगाले कार किच्दा २ जनाको ज्यान गयो, ३ सेकेन्डको भिडिओ भाइरल

नेपालभ्युज

ढुंगाले कार किच्दा २ जनाको ज्यान गयो, ३ सेकेन्डको भिडिओ भाइरल

एजेन्सी।  भारतको नागाल्याण्डमा सडकमा जाममा परेका कारलाई ढुंगाले किच्दा २ जनाको ज्यान गएको छ ।

तीन जना घाईते भएका छन् ।  मंगलबार साँझ भएको घटनाको भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

यो घटना नागाल्याण्डको चुमोकेडिमा जिल्लाको भएको हो । भिडिओमा देख्न सकिन्छ कि, तीन सेकेन्डमै ठूलो ढुङ्गाले दुईवटा कारलाई क्षणभरमै ध्वस्त बनाएको छ ।

ढुङ्गा यति तीव्र गतिमा खसेको थियो कि दुवै गाडी एक सेकेन्डभित्रै ध्वस्त भएका थिए । घटना हुँदा पानी परिरहेको थियो ।

अधिकारीका अनुसार एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । घाइते तीनै जनाको उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved