देशका धेरै ठाउँमा झरी पर्दै, यस्तो रहनेछ आजको मौसम

नेपालभ्युज

देशका धेरै ठाउँमा झरी पर्दै, यस्तो रहनेछ आजको मौसम
सांकेतिक तस्वीर

काठमाडौं । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले डोटी, दैलेख, कास्की, गोरखा, सिन्धुली, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ ।

दिउँसो  देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved