राजश्व संकलनको अवस्था हेर्दा मुलुक डरलाग्दो अवस्थामा छ : सांसद चौधरी

नेपालभ्युज

राजश्व संकलनको अवस्था हेर्दा मुलुक डरलाग्दो अवस्थामा छ : सांसद चौधरी

काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजश्व संकलनको अवस्था डर लाग्दो रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद चौधरीले असार १७ गतेसम्म ९ खर्बको हाराहारीमा मात्रै राजश्व सङ्कलन हुनु र सरकारको साधारण खर्च १० खर्ब भन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गरे ।

सांसद चौधरीले सरकारले नै मुलुकको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved