थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, गोलाप्रथामार्फत ६१ हजार ३१६ जनाले पाए सेयर

नेपालभ्युज

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, गोलाप्रथामार्फत ६१ हजार ३१६ जनाले पाए सेयर

काठमाडौं। थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ । जसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरूले सेयर पाएका छन् । उनीहरूमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।

साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्टाइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved