फ्रान्समा हिंसात्मक प्रदर्शन साम्य बन्दै, मेयरहरूले बोलाए प्रदर्शनविरुद्ध र्‍याली

नेपालभ्युज

फ्रान्समा हिंसात्मक प्रदर्शन साम्य बन्दै, मेयरहरूले बोलाए प्रदर्शनविरुद्ध र्‍याली

काठमाडौं। फ्रान्समा हिंसा साम्य बन्दै गएको छ। गत मङ्गलबार एक पुलिस अधिकारीले १७ वर्षीय युवक नहेल एमलाई गोली हानेपश्चात् विगत ५ दिनदेखि लगातार जारी प्रदर्शन साम्य बनेको हो।

सोमबार मेयरहरूले हिंसा र लुटको विरोध गर्न र्‍यालीमा सहभागी हुन मानिसहरूलाई टाउन हलमा बोलाएका थिए। आइतबार राति प्रदर्शनमा उत्रिएका १५० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। जबकि, शनिबार ७०० भन्दा बढीलाई पक्राउ गरिएको थियो।

आन्तरिक मन्त्रालयका अनुसार गाडीहरूमा लागेको आगोलाई नियन्त्रण गर्ने क्रममा एक अग्नि नियन्त्रकले ज्यान पनि गुमाएका थिए। आइतबार मेयरहरूले जारी गरेको विज्ञप्तिमा आफ्नो राष्ट्रलाई झुक्न नदिने र फ्रान्समा देखिएको सो विरोध अचानक नभएको तथा सो अवस्थाले समाजको पतन हुने चेतावनी मेयरहरूले वर्षौंदेखि दिँदै आएको उल्लेख गरिएको छ।

साथै, एक मेयरको पत्नी र घरमा गरिएको आक्रमणप्रति पनि सो विज्ञप्तिमा घोर विरोध गरिएको छ। सो आक्रमणलाई ज्यान लिन खोजीको प्रयासको रूपमा पनि टिप्पणी गरिएको छ।

प्रदर्शनकारीहरूले पनि फ्रान्सको विभिन्न क्षेत्रमा रहेको टायन हलमा आगो लगाउने प्रयास गरेका थिए। मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाले क्षतिग्रस्त भएका २२० क्षेत्रहरूको मेयरलाई भेटवार्ता गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved